शैक्षिक पात्रोमा सुधार 

निर्मला अधिकारी 

काठमाडौ । जनमैत्री बहुमुखी क्याम्पसले शैक्षिक पात्रो सुधार गरी कार्यान्वयनमा ल्याएको छ ।

हरेक सङ्कायमा परीक्षा गर्ने र उत्तरपुस्तिका सङ्कलन तथा जाँच गर्ने संरचना सहित क्याम्पसले बिक्रम सम्वत २०८१/०८२ को नयाँ पात्रो कार्यान्वयनमा ल्याएको हो ।

बजारले मागेको जनशक्ति उत्पादन गर्नका निम्ति नयाँ–नयाँ कार्यक्रम सञ्चालन गर्ने गरि क्याम्पसले  नयाँ पात्रो सञ्चालनमा ल्याएको क्याम्पसका शैक्षिक प्रशासन प्रमुख रुद्रहरी ज्ञावलीले जानकारी दिए ।