गोमा थापा मगर -
काठमाडौँ । जनमैत्री बहुमुखी क्याम्पसले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताको प्रथम पुरस्कार उर्मिला खड्काले प्राप्त गरेकी छन् ।
सो प्रतियोगितामा वि.वि.एसका प्रथम वर्षका खड्काले प्रथम पुरस्कार हात पारिन् ।
कक्षा ११ कि ममता श्रेष्ठ द्वितीय र वसन्ती शाही तृतीय भए ।
जनमैत्री बहुमुखी क्याम्पसले २०८० सालको सरस्वती पुजाको अवसरमा फागुन २ गते ‘मस्तिष्क नलिमा बढ्दै गएको प्रभाव र त्यसको समाधान’ झ शिर्षकमा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा धेरै जना सहभागी थिए ।
विजेतालाई क्याम्पसले पुरस्कार मेडल , पुस्तक तथा प्रमाण पत्र प्रदान गरिएको शिक्षक बाबुराम भुसालले जानकारी दिए ।
प्रतियोगितामा अङ्ग्रेजी तथा नेपाली दुवै भाषामा निबन्ध लेख्न पाइने व्यवस्था गरिएको थियो ।
प्रतियोगितामा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरू सहभागी भएका थिए ।