गोमा थापा मगर -
काठमाडौँ । जनमैत्री बहुमुखी क्याम्पसले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा दिपिका कुँवर प्रथम भएकी छन् ।
‘नेपालमा सहिदहरूको पहिचानः सपना र यथार्थ’ शीर्षकमा आयोजना गरिएको प्रतियोगितामा बिबिएस प्रथम वर्षका कुँवर प्रथम विआइसिटी प्रथम वर्षका रोहन हायु द्धितीय र कक्षा ११ का सचिन शाही तृतीय भएका छन् ।
क्याम्पसले बिजेतालाई पुरस्कार स्वरूप मेडल र प्रमाणपत्र प्रदान गरिएको नेपाली तथा आमसचार विभागकी प्रमुख डा.मिरा प्रधानले जानकारी दिइन् ।
शिक्षण सिकाइको अभिन्न अङ्गका रुपमा रहेको अतिरिक्त त्रियाकलाप मार्फत् विद्यार्थीहरूमा आवश्यक ज्ञान र सिपको विकासका लागि यस्ता गतिविधिहरूले निरन्तता पाइरहने प्रधानको भनाइ छ ।
क्याम्पसले गत फागुन ३ गते ‘नेपालमा सहिदहरूको पहिचानः सपना र यथार्थ’ शीर्षकमा उक्त प्रतियोगिता आयोजना गरेको थियो ।