सटपुट खेलमा लक्ष्मी श्रेष्ठ  र शङ्कर खड्का विजयी

उर्मिला कुवर-

काठमाडौँ । सटपुट खेलमा लक्ष्मी श्रेष्ठ  र शङ्कर खड्का विजयी भएका छन् ।

काठमाडौंको कुलेश्वरमा रहेको जनमैत्री बहुमुखी क्याम्पसले २०८० फागुन एक गते देखि सञ्चालन गरेको खेलकुद सप्ताह  कार्यक्रममा श्रेष्ठ र खड्का विजयी भएका हुन् ।

उक्त खेलकुद प्रतियोगितामा विभिन्न सङ्कायमा अध्ययनरत २२ जना छात्रा र २० जना छात्र गरि कुल ४२ जना प्रतिस्पर्धी सहभागी  थिए ।

जसमा छात्रा तर्फ निसाना श्रेष्ठ द्वितीय र मनिषा कुवर तृतीय भए भने छात्र तर्फ ओमनाथ घिमिरे र मन्जिल बलामीले सोही स्थान हासिल गरे । 

सटपुटमा विजयी हुने प्रतिस्पर्धीहरूलाई क्याम्पसले पुरस्कार सहित सम्मान गरेको छ ।