गोमा थापा मगर-
काठमाडौँ । जनमैत्री बहुमुखी क्याम्पसद्वारा आयोजित हाइजम्प प्रतियोगितामा छात्रतर्फ लक्ष्मी श्रेष्ठ प्रथम भएकी छन् ।
प्रतियोगितामा छात्रतर्फ सन्देश केसी प्रथम भएका कार्यक्रम संयोजक लक्ष्मण तिवारीले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत छात्रातर्फ निशाना श्रेष्ठ द्वितीय र अलिसा चौधरी तृतीय स्थान हासिल गरेकी छन् ।
छात्रतर्फ सुनिल विष्ट, द्वितीय मन्जिल बलामी तृतीय भए । प्रतियोगितामा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका ५ जना छात्रा र २८ जना छात्रले प्रतिस्प्रधा गरेका थिए ।
विजेताहरूलाई क्याम्पसले पुरस्कार तथा प्रमाणपत्रका साथै मेडल प्रदान गरेको थियो ।
शिक्षण सिकाइको अभिन्न अङ्गका रुपमा रहेको अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरूलाई आवश्यक पर्ने ज्ञान तथा सिपको विकासका लागि क्याम्पसले हाइजम्प साथै अन्य विभिन्न कार्यक्रमहरु नियमित रुपमा आयोजना गर्दै आएको कार्यक्रम संयोजक तिवारीले बताए ।