टेबल टेनिसमा साह र ढुङ्गेल प्रथम

रन्जिता नगरकोटी

काठमाडौँ । जनमैत्री बहुमुखी क्याम्पसले आयोजना गरेको टेबल टेनिस प्रतियोगितामा साह र ढुङ्गेल प्रथम स्थान हासिल गरेका छन् । 
खेलकुद सप्ताह अन्तर्गत प्रतियोतामा छात्रातर्फ निशा शाह ‘सोमर’ र छात्रतर्फ प्रथम अर्जुन ढुंगेलले प्रथम स्थान हासिल गरेका कार्यक्रम संयोजक नवीन श्रेष्ठले जानकारी दिए ।

छात्रातर्फ द्वितीय समीक्षा केसी र तृतीय अस्मिता भुजेल भए भने छात्रतर्फ द्वितीय रोजन महर्जन र तृतीय निखिल महर्जन भएका    छन् ।

क्याम्पसले २०८० फागुन १ गतेदेखि ४ गतेसम्म टेबल टेनिस प्रतियोगिता राखेको थियो ।

प्रतियोगितामा कक्षा ११, १२ का साथै स्नातक तह प्रथम, दोस्रो ,तेस्रो र चौथो वर्षका विद्यार्थीहरू सहभागी भएका थिए ।

उक्त प्रतियोगिता नवीन श्रेष्ठको संयोजकत्वमा आयोजना गरिएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने  विद्यार्थीलाई क्याम्पस प्रमुख भोलानाथ ओझाले मेडल र प्रमाणपत्र प्रदान गरे ।