ब्याडमिन्टन प्रतियोगितामा  थापा र  ढुंगेलको जित 

रन्जिता नगरकोटी 

काठमाडौँ । ब्याडमिन्टन प्रतियोगितामा स्वीकृति थापा र पोलराज ढुंगेल जित हात पारेका छन् ।

जनमैत्री बहुमुखी क्याम्पसले आयोजना गरेको उक्त  प्रतियोगिता छात्रातर्फ स्नातक तहका बिए तेस्रो वर्षका थापा र छात्रतर्फ एमबिस पहिलो सेमेस्टरका ढुङ्गेलले पहिलो स्थान सुरक्षित गरेको कार्यक्रम संयोजक संयोजक कमल ताम्रकारले जानकारी दिए ।

यस्तै छात्रातर्फ बिआइसिटी प्रथम सेमेस्टरका स्वीकृति रिमाल दोस्रो,कक्षा ११ समूह ‘क’ का स्नेह कुँवर तेस्रो बिबिएस प्रथम वर्षका सन्ध्या मैनालीले सान्त्वना जित हात पारेका छन् ।

छात्रतर्फ बिआइसिटी ८ सेमेस्टरका सभीर मैनाली दोस्रो,  सोहि सेमेस्टरका प्रकाश सिंह सामन्त तेस्रो भए भने मनोज गुरुङले सान्त्वना जित प्राप्त गरे ।

ब्याडमिन्टन प्रतियोगिता कक्षा ११, १२ का साथै स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षका छात्र छात्राको सहभागिता रहेको थियो । 

विजेताहरूलाई क्याम्पसले प्रमाणपत्र र मेडल पुरस्कार प्रदान गरेको संयोजक ताम्रकारले जानकारी दिए ।

विद्यार्थीहरूलाई आवश्यक पर्ने ज्ञान तथा सीपको विकासको साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेलहरू खेलाइएको   थियो । 

क्याम्पसले नियमित वार्षिक खेलकुद सप्ताह प्रतियोगिता फागुन १ देखि ४ गते सम्म कमल ताम्रकारको नेतृत्वमा क्याम्पसको प्राङ्गणमा आयोजना गरेको थियो ।