दोस्रो बिसिए कपको उपाधी जनमैत्री क्याम्पसलाई

काठमाडौँ । दोस्रो बिसिए कप फुटबलको उपाधी जनममैत्री बहुमुखी क्याम्पसले जितेको छ । 
ललितपुरको डिएभी कलेजमा भएको उक्त प्रतियोगितामा सरस्वती बहुमुखी क्पाम्पसलाई ४–२ गोलले पराजित गर्दै जनमैत्रीले उपाधीे जितेको हो । 

फागुन २५ गते देखि २७ गते सम्म चलेको उक्त प्रतियोगिता काठमाडौँ उपत्यका भित्रका  व्याचलर अफ कम्प्युटर एप्लिकेसन ( बिसिए ) अध्ययन अध्यापन हुने शैक्षिक सँस्थाका २७ टिमले भाग लिएका थिए ।

जसमा काठमाडौँको कुलेश्वरमा रहेको जनमैत्री बहुमुखी क्याम्पसले एक लाख पचास हजार नगद सहित कप र मेडलहरु प्राप्त गर्‍यो । यो संगै टप स्कोरर र बेस्ट किपरको उपाधि समेत जनमैत्री क्याम्पसले पाएको छ ।

जनमैत्री क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिका संयोजक कमल ताम्राकारका अनुसार खेलमा पाँच गोल सहित निखिल गोलेले टप स्कोररको उपाधी जितेका थिए भने बेस्ट किपरको रुपमा सनम श्रेष्ठ सम्मानित भए । 

यस्तै  टिम क्याप्टेन रिजन श्रेष्ठको नेतृत्वमा  क्याम्पसबाट प्रतिनिधित्व गर्दै खेलमा सहभागी भएका विद्यार्थीहरू मध्य  बिशाल पौडेल,सविन घिमिरे, भोपेश कुँवर, बिसिए सातौं सेमेस्टरका विद्यार्थी हुन् ।

यस्तै सनम श्रेष्ठ बिसिए पाचौं सेमेस्टर , आयुष खड्गी बिसिए तेस्रो सेमेस्टर तथा निखिल गोले , सुशील धिताल र उर्गेन लामा बिसिए प्रथम सिमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । 

खेलमा प्रथम स्थान हासिल गरेका खेलाडीलाई जनमैत्री क्याम्पसले सम्मान समेत गरेको छ ।

क्याम्पसका सम्पूर्ण शिक्षक विद्यार्थीहरूको सहभागीतामा कप जित्ने खेलाडीको उच्च प्रशंसा गर्दै विशेष छात्रवृत्तिका साथ खादा र प्रमाणपत्रले सम्मान गरिएको हो । उक्त सम्मान कार्यक्रममा जनमैत्री क्याम्पसका प्रमुख भोलानाथ ओझाले खेलाडी विद्यार्थीहरूको यो सफलताले समग्र क्याम्पस परिवार खुसी भएको बताए ।

उनले आगामी दिनमा क्याम्पसले खेल क्षेत्रको विस्तारका लागि दिलो ज्यान दिएर सक्रियता जनाउदै खेलाडी विद्यार्थीहरुको पढाईसंगै खेल क्षेत्रको उर्जालाई मलजल गर्न सक्दो सहयोग गर्ने बताए।