काठमाडौँ । जनमैत्री बहुमुखी क्याम्पसले आयोजना गरेको सामुहिक नृत्य प्रतियोगितामा शारदा बोगटी र सुदिक्षा राई प्रथम भएका छन् ।
क्याम्पसले फाल्गुन एक गतेदेखि सात गतेसम्म सप्ताह व्यापी रुपमा आयोजना गरेको कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगितामा कक्षा १२ का बोगटी र राई प्रथम भएका हुन् ।
कक्षा १२ मा अध्यायनरत दिपा मिजार, समिरा मगर ,सिम्रन तामाङ, रुविना लामा,नवीन मगर, विवेक मगर, उमेष माझी,सकिला,सन्देश केसि, कन्चन तामाङ,आशा बुढाथोकी,सन्दिप मगर लगायतको समुह दोस्रो भयो ।
यस्तै कक्षा १२ को सेक्सन सि बाट अलिशा चौधरी र सरु बस्नेतले तृतीय स्थान हासिल गरे ।
कार्यक्रममा पहिलो,दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्याम्पस प्रमुख भोलानाथ ओझाले मेडल सहित प्रमाणपत्र प्रदान गरेका छन् ।